लोक गीत

लोक गीत

माथी है माथी त्यो काली बनमा बनमारा फुलेको
भुलेको छैन साथी र हामी लुका मारी खेलेको
ल है .......
लुका मारी खेलेको।।

वारी है सल्ला पारी नी सल्ला बीचमा झर्ना थियो
भुलेको छैन साथी र हामी त्यो पानी पिएको
ल है.......
त्यो पानी पिएको।।

झर्ना है छंगछंग न्याऊलीको कुहु मधुर संगीत थियो
भुलेको छैन साथी र हामी त्यो धुन सुनेको
ल है........
त्यो धुन सुनेको।।

डाँफे है मुनाल कोकले ढुकुर सँगसंगै नाचेको
भुलेको छैन साथी र हामी त्यो नाच हेरेको
ल है.........
त्यो नाच हेरेको।।

सल्ला है धुपी चाँप गुँरास फुली बनपाखा बसाऊ थियो
भुलेको छैन साथी र हामी त्यो पलमा हराको
ल है........
त्यो पलमा हराको।।

तल है अरुण माथि चै हिमाल स्वर्गकै टुक्रा थियो
भुलेको छैन दु:खलाई भूली त्यँही मिली नाचेको
ल है..........
त्यँही मिली नाचेको।।

रीता राई

NOTE-यो लोग गीत हामी बचपनमा घास दाऊरा गर्दा बनपाखामा जादां गाइन्थ्यो। आज यहाँहरुको सामु पस्किने प्रयास गरेको छु।

No comments:

Popular Posts