Tuesday, September 28, 2010

तिमी र म! (^.^)(^.^)

                                                                                                               -रीता राई  
तिमी र म पुरक हौं
म जुन कोणमा छु
तिमी त्यहि कोणमा छौं
कसरी भन्न सकिन्छ?
"म जे सुकै गरु"!
किन की
हामी माथिको आकाश 
हामी बाच्ने धर्ती
हामी बस्ने शहर
हामी हिड्ने गल्ली
हामीले सासफेर्ने हावा
सबै एउटै छ
त्यसैले
तिमी/म जे सुकै गर्न पाउदैनौं।

किन कोरिन्छ सिमना?
जाति जातिमा
धर्म धर्ममा
लिङ्ग भेदमा
धनी गरीबमा
कसरी भयौ हामी फरक?!
हाम्रो
संगीतको धुन र चित्कर सुन्ने कान
सेतो र कालो  देख्ने आँखा
शरीरको तन्तु र अस्थिपञ्जर
शरीरमा बहने रगतको रंग
जन्मने र मर्ने रीत 
सबै उस्तै छ
हामीलाई
गुलियो र तितोको स्वाद
सुख र दु:खको अनुभुती
सुगन्ध र दुर्गन्ध
सबै उस्तै लाग्छ
हामीलाई बनाउँने
ईश्वार एउटै छ
त्यसैले
तिमी र म एउटै हौं।

तिमी र म फरक छौं
मात्र सोचाइमा
त्यसैले
तिमी र म मिली
शान्ति र समानताको
बिकुल फुक्न सक्छौ
गरिबी र खराबीलाई
धुन सक्छौ
अनि
मृत्‍युपछीको स्वर्ग प्रप्तीको आशामा
धार्मिक जन्जिरमा बाँधीएर
मानबताको खिल्ली उडाउनु भन्दा
हामी नै ईश्वारीय दुत बनी
धर्ती मै स्वार्ग बनाउँन सक्छौ।।

Monday, September 20, 2010

बसन्त भै आई दियौं।।

मनै भरी तिमी फुल्यौं
म त तिम्रो माली भए,
ईन्द्रेणी भै रङ्गी दियौं
म त साधा पानी थिए।

कालो रात झैं जीवन थियो
आयौं तिमी जुन बनेर,
चोटैचोटको पिँडा भरी
फैली दियौं मलम बनेर।

मनै भरी तिमी बसौं
म त खाली बगर थिए,
बसन्त भै आई दियौं
म पनि बहार बनी बगी दिए।।

रीता राई

NOTE- The scene is  Arun III hydropower project place of sangkhuwasabha, Nepal.

Sunday, September 19, 2010

मलाई यस्तो लाग्छ...........!(कबिता)

न्यानो मातृभूमी छोडी
परदेशिनु पर्दा
आफ्नो भएभरको सम्पत्ती
सौतेनी आमाको छोरीलाई
दाइजो दिएर
कान्छो बाउको घरमा
हली बस्न आए जस्तो लाग्छ ।

प्राकृतिक रुपमै धनी
हामी नेपालीलाई हेर्दा,
थाङ्नेको घरको करेशामा गई
मात्र पेट भर्नको लागि
एक टुक्रा रोटीको खोजिमा
आफ्नो नाक जोते जस्तो लाग्छ।

नेपाली अर्थतन्त्रलाई
नियालेर हेर्दा
सस्तो श्रमिक उत्पादन गर्ने मेशिन
र निम्न गुणस्तरको बिदेशी सामान
सुनको भाऊमा
बेच्ने अड्डा भए जस्तो लाग्छ ।

 नेपाली नेताहरुको
तालमेल देख्दा
वीर शहीदहरुको
अमूल्य बलिदानलाई
गुन्द्रुकको भाऊमा
बेचीरहेको जस्तो लाग्छ ।

अन्तरिक मामलामा
बिदेशी हस्तक्षेप हुँदा
दिनदिनै नेपाली सिमाना
मिचिएको देख्दा
जन्मदिने जननीको
बलात्कार भए जस्तो लाग्छ ।

आफ्नी आमाको
बलात्‍कृत-बिभत्स रुप देख्दा
आज नेपालीहरु
रंगमन्चको मन्त्रमुग्ध दर्शक
जस्तै भएर हात बाँधी
हेरीरहे जस्तो लाग्छ ।

बिरता र स्वाभिमानी
हाम्रो पूर्खाहरुको गाथा
वीर गोर्खाली भनेर चिनिने
नेपालीको यो नारालाई
हाम्रो मौनताले
चुनौती दिए जस्तो लाग्छ ।।

रीता राई





एकबारको यो जीवन निस्वार्थ जीएर त हेर!



अरुलाई प्रकाश छर्ने अनि आँफै जल्ने
उदार मैन बत्ती झै पग्लिएर त हेर
पवित्रआत्माको शिखर भएर
हिमाल झै सधै अग्लिएर त हेर।

जीवन बचाउन मात्र जीऊनेहरु हो !
अनर्थ स्वर्थी मायाको नसा पीऊनेहरु हो !
कोमल हृदयमा धोकारुपी बाण सीऊनेहरु हो !
मायालाई रमाइलो खेल सम्झी खेल्नेहरु हो !

कति सुन्दर र परिवर्तनशील छ संसार
बतास झै जहाँ सुकै घुमेर सबैलाई त हेर
कति सहज र सरल हुने छ जीवन हेर
गुलफ झै काँडाहरुको बीच फुलेर त हेर ।

आफैले जन्माएर आफ्नै शरीर खुवाऊने
वात्सल्यकी धनी मकुरी झै भएर त हेर
अमृत झै चोखो माया लगाएर त हेर
एकबारको यो जीवन निस्वार्थ जीएर त हेर ।।

रीता राई



गजल रचनाका आधारभूत केहि तत्व र नियमहरु !

गजल रचनाका आधारभूत केहि तत्व र नियमहरु !-खगेन्द्र पन्धाक लिम्बू
१। बहर(मिटर)= सेरको लयात्मकता(छन्द)l जसले मिश्र(हरफ)हरुसंग तुलनात्मक सम्बन्ध राख्छ l गजलका प्रत्येक मिश्रका सेरहरुले बहरसंग सन्तुलनमा रहनु पर्दछ l जस्तै:
आफ्नै जीवन बालेर राप ताप्दैछु अचेल l
आफ्नै जीवन ढालेर आयु नाप्दैछु अचेल l
२।रदीफ = शब्द वा शब्दहरु l जो गजलका अन्तिमका २ हरफमा छन्दमा टुंगीन्छंन र प्रत्येक मिश्रको सेरमा दोहोरिन्छ्न l रदीफ बिनाको गजल पनि देखिएका छन् l त्यस्ता गजललाई 'गैर-मुरद्दफ' भनिन्छ l रदीफ र काफिया भएका जस्तै: कोष्ठमा हेर्नुस-
आफ्नै जीवन बालेर राप ताप्दैछु (अचेल) l
आफ्नै जीवन ढालेर आयु नाप्दैछु (अचेल) l
३।काफिया =रदीफ अगाडी प्रयोग हुने शब्द वा शब्दहरु जसको सन्तुलित ध्वनि हुन्छ र यसले गजलको वजन दिन्छ l जस्तै: कोष्ठमा हेर्नुस -
आफ्नै जीवन बालेर राप (ताप्दैछु) अचेल l
आफ्नै जीवन ढालेर आयु (नाप्दैछु) अचेल l
४।मत्ला= गजलको प्रथम २ सेर वा मिश्र(हरफ)हरु l जहाँ रदीफको प्रयोग गरिन्छ l यो गजलको महत्व-पूर्ण अङ्ग हो l किन भने यहाँ प्रयोग भएका रदीफ र काफियामा पूरै गजल निर्भर हुनु पर्दछ l जस्तै:कोष्ठमा हेर्नुस -
(आफ्नै जीवन बालेर राप ताप्दैछु अचेल l
आफ्नै जीवन ढालेर आयु नाप्दैछु अचेल l )
चुह्यो ईमान रहेन नाता वस्तीमा ओवानो
आफ्नै जीवन गालेर छानो छाप्दैछु अचेल l
फाट्यो पुरानो चलन जब मक्किंदै छातीमा
आफ्नै जीवन टालेर घाऊ खाप्दैछु अचेल l
शैय्या टेकेर हाँसेको जात मान्छेको भीडमा
आफ्नै जीवन फालेर भिक्षा थाप्दैछु अचेल l
५।मक्ता =गजलको अन्तिम सेर l जहाँ सर्जकको महत्वपूर्ण छाप र भाव गजलमा छोडिनु पर्दछ l यहाँ गजल सर्जकको छोटो नाम 'तख्हल्लुस' लेखेर छोडिन्छ l त्यसो नगरी पनि हुन्छ l जस्तै: हेर्नुस कोष्ठमा 'तख्हल्लुस'-
शैय्या टेकेर हाँसेको( 'चुम' )मान्छेको भीडमा
आफ्नै जीवन फालेर भिक्षा थाप्दैछु अचेल l


यो गजलका नियमहरु मैले मनु लोहोरुङग जीको FACEBOOK प्रोफइलबाट लिएको हो मलाई उपयोगी लागेर धन्यबाद मनु जी!

Friday, September 17, 2010

मेरो सन्देश तिमीलाई।।।

नसोध मालीलाई
फुलको मुल्य कती हो? भनेर,
सोध बरु सुनगाभालाई
आँधीबेरी र खडेरी सहेर
पहारामा मुस्कुराऊनाले
कति प्रशांसनिया बनिन्छ भनेर।

नत्याग आफ्नो देशलाई
बिदेशमा गई
सुख, शान्ती र सम्रिदी पाइन्छ भनेर,
बसौं आफ्नै देशमा बरु
आफ्नै परिवारको साथमा
शान्ती र आजादीको सास फेरी
चोखो मायाको प्याला पीएर।

नरोक आफ्नो पाइलालाई
बाध्यता र बिबस्तामा परी
म त अभागी रहेछु भनेर,
हिड निरन्तर रुपमा बरु
आफ्नो लक्क्षा प्राप्तीको लागि
कर्मठ भै साहासपुर्ण कदमले
युध्दको एक सिपाई जस्तै भएर।

हेर त पल्टाएर ईतिहासलाई
कुन देश थियो बनीएको?
श्रृ्ष्टीकाल मै बिकासीत भएर,
हेर त फेरी अमेरिकालाई
यो पनि त हो किसानको
छोराले नै जन्माएको
समानता, शान्ती र बिकासको शुरुवात गरेर।

जुटौं अब हामी पनि
आफ्नै देश सिँगार्नलाई
बीर शहिदहरुको सपना पूरा गर्ने
जिम्मेबारी मेरो पनि त हो! भनेर,
मेटेर आफ्नो भोक बरु
एक मुटी सातु र सीस्नुले
ढाकेर आफ्नो शरीरलाई
आफ्नै आमाको गुनिऊ थाङ्नाले
भुल्ने छौं त्यो दिन हामीले
हाम्रो सबै दु:खहरुलाई
बिकासित भै देशलाई
स्वर्गको टुक्रा झैं चम्किएको देखेर।

नगरौं कुनै काम पनि
नाम र दाम मात्र कमाइन्छ भनेर,
गरौं सबै कर्म बरु
निस्वार्थ भावनाले
यो जीवनकाल भरी
बचौं हामी एक असल मान्छे अनी
योग्य नागरिक भएर।

रीता राई

Popular Posts