Tuesday, September 28, 2010

तिमी र म! (^.^)(^.^)

                                                                                                               -रीता राई  
तिमी र म पुरक हौं
म जुन कोणमा छु
तिमी त्यहि कोणमा छौं
कसरी भन्न सकिन्छ?
"म जे सुकै गरु"!
किन की
हामी माथिको आकाश 
हामी बाच्ने धर्ती
हामी बस्ने शहर
हामी हिड्ने गल्ली
हामीले सासफेर्ने हावा
सबै एउटै छ
त्यसैले
तिमी/म जे सुकै गर्न पाउदैनौं।

किन कोरिन्छ सिमना?
जाति जातिमा
धर्म धर्ममा
लिङ्ग भेदमा
धनी गरीबमा
कसरी भयौ हामी फरक?!
हाम्रो
संगीतको धुन र चित्कर सुन्ने कान
सेतो र कालो  देख्ने आँखा
शरीरको तन्तु र अस्थिपञ्जर
शरीरमा बहने रगतको रंग
जन्मने र मर्ने रीत 
सबै उस्तै छ
हामीलाई
गुलियो र तितोको स्वाद
सुख र दु:खको अनुभुती
सुगन्ध र दुर्गन्ध
सबै उस्तै लाग्छ
हामीलाई बनाउँने
ईश्वार एउटै छ
त्यसैले
तिमी र म एउटै हौं।

तिमी र म फरक छौं
मात्र सोचाइमा
त्यसैले
तिमी र म मिली
शान्ति र समानताको
बिकुल फुक्न सक्छौ
गरिबी र खराबीलाई
धुन सक्छौ
अनि
मृत्‍युपछीको स्वर्ग प्रप्तीको आशामा
धार्मिक जन्जिरमा बाँधीएर
मानबताको खिल्ली उडाउनु भन्दा
हामी नै ईश्वारीय दुत बनी
धर्ती मै स्वार्ग बनाउँन सक्छौ।।

No comments:

Popular Posts