Monday, September 23, 2013

Never look back !

Never look back at your past,
The past is the past,
and nothing at last,
live in the present
this is your Gods present
Look into the bright future,
for what you might see,
use the golden time
do some simple and normal work
This will be your great creature !

Saturday, October 6, 2012

मुक्तक

जीवनका उतारचढब थरी-थरी
दु:ख-सुखका पलहरु आउछन घरी-घरी ।
छुट्नु मिल्नु त जीवनको रित हो
आज  मेरो खुशी फुल्यो डाली भरी-भरी ।। 

Tuesday, April 19, 2011

----------------------ऋतु र ध्वनि------------------

ऋतु हुँ म !
परिवर्तित सधै-सधैं सबैलाई पोल्टभित्र फुलाउछु,
"म"लाई टेकी ऊठ !
आ-आफ्नो दृष्‍टिले मूलढोका खोली
निस्किएर चौबाटोमा
पल्लो शहरलाई शुक्ष्मदर्शनले हेर !
अनी, खोज प्रतिविम्ब सधै-सधै मुस्कुराउँछु ।

हाइ !
दु:खी र निर्दोष
मान्छेहरु हो !
मानब-बाहनमा चढि
शक्तिको प्रदर्शन गर्ने मानसिक अपाङ्गहरु हो !
मेरो मुटुको टुक्रा-टुक्रा पारी भागबण्डा नमिलेर
'झगड्ने' घमन्डीहरु हो !
अन्धबिश्वासमा
पिसिएर मर्ने बिचरोहरु हो !
तिमीहरुलाई देखेर
म बिस्मत छु,
तिम्रो प्रतिविम्ब देखेर सधैं-सधै मुस्कुराउँछु।

मेरो आँचलमा फुलहरु फुले-झरे/झरे-फुले
परिवर्तनशीलता अनन्तछ
जबसम्म तिमी र म रहन्छौं
सृस्‍टिको चक्र घुमि रहनेछ
सुतेको अध्यात्म जगाएर मध्यारातको अधेरोमा
तिम्रो दिब्यदृष्टि खोली श्मसानघाट गएर
अनुभूति गर
त्यहाँ,
चोरी नहुने खजना भेट्नेछौ
अमर प्रेमको परिभाषा जान्नेछौ
शान्तिको ध्वनि र अनन्त जीवनको गीत सुन्नेछौ
यो निलो आकाश र धर्ती तिम्रै हुनेछ
अनि फेरी हेर ! उसोरी नै -
आफ्नो प्रतिबिम्व सधैं-सधैं मुस्कुराउँछु ।।

Popular Posts