Sunday, September 19, 2010

गजल रचनाका आधारभूत केहि तत्व र नियमहरु !

गजल रचनाका आधारभूत केहि तत्व र नियमहरु !-खगेन्द्र पन्धाक लिम्बू
१। बहर(मिटर)= सेरको लयात्मकता(छन्द)l जसले मिश्र(हरफ)हरुसंग तुलनात्मक सम्बन्ध राख्छ l गजलका प्रत्येक मिश्रका सेरहरुले बहरसंग सन्तुलनमा रहनु पर्दछ l जस्तै:
आफ्नै जीवन बालेर राप ताप्दैछु अचेल l
आफ्नै जीवन ढालेर आयु नाप्दैछु अचेल l
२।रदीफ = शब्द वा शब्दहरु l जो गजलका अन्तिमका २ हरफमा छन्दमा टुंगीन्छंन र प्रत्येक मिश्रको सेरमा दोहोरिन्छ्न l रदीफ बिनाको गजल पनि देखिएका छन् l त्यस्ता गजललाई 'गैर-मुरद्दफ' भनिन्छ l रदीफ र काफिया भएका जस्तै: कोष्ठमा हेर्नुस-
आफ्नै जीवन बालेर राप ताप्दैछु (अचेल) l
आफ्नै जीवन ढालेर आयु नाप्दैछु (अचेल) l
३।काफिया =रदीफ अगाडी प्रयोग हुने शब्द वा शब्दहरु जसको सन्तुलित ध्वनि हुन्छ र यसले गजलको वजन दिन्छ l जस्तै: कोष्ठमा हेर्नुस -
आफ्नै जीवन बालेर राप (ताप्दैछु) अचेल l
आफ्नै जीवन ढालेर आयु (नाप्दैछु) अचेल l
४।मत्ला= गजलको प्रथम २ सेर वा मिश्र(हरफ)हरु l जहाँ रदीफको प्रयोग गरिन्छ l यो गजलको महत्व-पूर्ण अङ्ग हो l किन भने यहाँ प्रयोग भएका रदीफ र काफियामा पूरै गजल निर्भर हुनु पर्दछ l जस्तै:कोष्ठमा हेर्नुस -
(आफ्नै जीवन बालेर राप ताप्दैछु अचेल l
आफ्नै जीवन ढालेर आयु नाप्दैछु अचेल l )
चुह्यो ईमान रहेन नाता वस्तीमा ओवानो
आफ्नै जीवन गालेर छानो छाप्दैछु अचेल l
फाट्यो पुरानो चलन जब मक्किंदै छातीमा
आफ्नै जीवन टालेर घाऊ खाप्दैछु अचेल l
शैय्या टेकेर हाँसेको जात मान्छेको भीडमा
आफ्नै जीवन फालेर भिक्षा थाप्दैछु अचेल l
५।मक्ता =गजलको अन्तिम सेर l जहाँ सर्जकको महत्वपूर्ण छाप र भाव गजलमा छोडिनु पर्दछ l यहाँ गजल सर्जकको छोटो नाम 'तख्हल्लुस' लेखेर छोडिन्छ l त्यसो नगरी पनि हुन्छ l जस्तै: हेर्नुस कोष्ठमा 'तख्हल्लुस'-
शैय्या टेकेर हाँसेको( 'चुम' )मान्छेको भीडमा
आफ्नै जीवन फालेर भिक्षा थाप्दैछु अचेल l


यो गजलका नियमहरु मैले मनु लोहोरुङग जीको FACEBOOK प्रोफइलबाट लिएको हो मलाई उपयोगी लागेर धन्यबाद मनु जी!

No comments:

Popular Posts