[१]
सुरुदेखि ईतिहाँसको साक्षी छ गगन
सबै फूल फुले पो सुन्दर हुन्छ बगान ।
मान्छे-मान्छेबीच भेदभाव भए
जंगली जनावरहरुको झैं हुन्छ जीवन ।।
[२]
क्षणिक स्वार्थकोलागि आफ्नो आत्मा मार्दिन म
देवता पाउने आशामा खाली खुट्टा मन्दिर धाउँदिन म ।
कालोपट्टी आँखामा बाँधे मात्र धार्मिक भईन्छ भने
कुनै पनि देवताको नाममा भजन गाउँदिन म ।।
[३]
असिनाले चुटेको फूलबारी ढकमक्क भा'कोछु
जता पुर्याउँछ भाग्यले त्यता-त्यतै गा'कोछु ।
जेसुकै त होला -बस्यो दिल कसैको नासोमा
एक नम्बरे सुनसरि खरी माया ला'कोछु ।।
[४]
हुरी चल्दा डढेलोले खायो बन
झुरिएको थुरहरु जल्दैगए झन ।
आज सबै कालो देखिएर के भो'?
अझ धेरै नयाँ मुना पलाउनेछन् ।।
[५]
हिड्दै जाँदा जिन्दगीमा मैले बाटो साँच्चै बिराएँ भने
सगरमाथाको मेरो शीर आफ्नै नजरमा गिराएँ भने ।
हिराखानीमा जन्मिएको "म" नेपालीको के अर्थ?
जीवन जलाउन मात्र मरुभुमीको बालुवामा आएँ भने ।।
[६]
आकाशको जून टिप्न अर्थहीन यात्रा गर्दिन म
प्रियतमको यादमा रुन्चे गीत गाँउदिन म ।
मुटु जलाए मात्र मायाको ज्वाला दन्किन्छ भने
अर्थहीन चोखो माया कहिले नी लाँदिन म ।।
[७]
तिम्रोलागि यो मुटुमा माया अङ्कुरसरि छरेकोछु
मेरो जीवन तिम्रोअघि खुला किताबसरि पारेकोछु ।
तिम्रो खुशी अन्तै सरेछ सिमलको भुँवा जस्तै
म हुँ लालीगुराँस फुल्दैछु, तारेभिरमा सरेकोछु ।।
[८]
नयाँ बसन्त आयो, समय जान्छ-आउँछ
सेतो-कालो रंग फेरि निरन्तर धाउँछ ।
सिर्जनशीलता, परिश्रम र सद्भाव फुले
जीवनमा सधैं-सधै नवीनता छाउँछ ।।
[९]
मिलाउँदैछु जिन्दगीलाई काटी-छाँटी राखी धरानमा
भर्दैछु दुई मूठ्ठी साहस सुस्केरा हाली मेरो परानमा ।
काट नियती ! मेरो पखेटा कति काट्न सक्छौ
कतै-कहीले घुडाँ टेक्ने छैन म, तिम्रो शरणमा ।।
[१०]
भाँचेर लग्यौ फुलेको हाँगो
चुडाएर गयौ बन्धनको धागो ।
तै पनि बढ्दैछ प्रेमको मुना
छैन बालेको, घृणाको आगो ।।
[११]सेतो-कालो रंग फेरि निरन्तर धाउँछ ।
सिर्जनशीलता, परिश्रम र सद्भाव फुले
जीवनमा सधैं-सधै नवीनता छाउँछ ।।
[९]
मिलाउँदैछु जिन्दगीलाई काटी-छाँटी राखी धरानमा
भर्दैछु दुई मूठ्ठी साहस सुस्केरा हाली मेरो परानमा ।
काट नियती ! मेरो पखेटा कति काट्न सक्छौ
कतै-कहीले घुडाँ टेक्ने छैन म, तिम्रो शरणमा ।।
[१०]
भाँचेर लग्यौ फुलेको हाँगो
चुडाएर गयौ बन्धनको धागो ।
तै पनि बढ्दैछ प्रेमको मुना
छैन बालेको, घृणाको आगो ।।
माथि चढ्ने भए उकालोमा थाक्नु हुन्न
गुलाफ टिप्ने भए, काँडा मै गुम्नु हुन्न ।
सबै औलाहरु समान कहाँ छ र ?!
मूठ्ठी पारे शक्ती बन्छ, औला-औला छुट्नु हुन्न ।।
No comments:
Post a Comment