Sunday, September 19, 2010

एकबारको यो जीवन निस्वार्थ जीएर त हेर!



अरुलाई प्रकाश छर्ने अनि आँफै जल्ने
उदार मैन बत्ती झै पग्लिएर त हेर
पवित्रआत्माको शिखर भएर
हिमाल झै सधै अग्लिएर त हेर।

जीवन बचाउन मात्र जीऊनेहरु हो !
अनर्थ स्वर्थी मायाको नसा पीऊनेहरु हो !
कोमल हृदयमा धोकारुपी बाण सीऊनेहरु हो !
मायालाई रमाइलो खेल सम्झी खेल्नेहरु हो !

कति सुन्दर र परिवर्तनशील छ संसार
बतास झै जहाँ सुकै घुमेर सबैलाई त हेर
कति सहज र सरल हुने छ जीवन हेर
गुलफ झै काँडाहरुको बीच फुलेर त हेर ।

आफैले जन्माएर आफ्नै शरीर खुवाऊने
वात्सल्यकी धनी मकुरी झै भएर त हेर
अमृत झै चोखो माया लगाएर त हेर
एकबारको यो जीवन निस्वार्थ जीएर त हेर ।।

रीता राई



No comments:

Popular Posts