Thursday, March 17, 2011

ओअसिस(Oasis)-कबिता

हिड्दै थिएँ एकल यात्री बनी
कोहि आयो गोरेटोमा मित्र भै
चोर्यो मेरो सुख-शान्ति
छोड्यो मलाई दोबाटो मै।

हिंड्नु मेरो नियति हो
विश्वासघाती साथी भेटें
भुलाईदिए सबै कुरा गल्ती सम्झी
बाँचेकोछु म पनि फेरी डुल्ने आस मै।

खिईए हड्डीहरु घोटिएर चोट खाई
भाँचिएर उम्रिंदैछन-भावनाका मुनाहरु
तै पनि जीवन संघर्ष हो भनि
उभिंदैछु म पनि लड्नलाई तयार भै।

मानमर्यादा-धनसम्पत्तिको पूजारी
यो जाली दुनियाँबाट टाढा गई
आफ्नो बेग्लै संसार बसाउनलाई
उमार्दैछु म पनि ओअसिस मरुभूमि मै।।

रीता राई
Note-Oasis(ओअसिस) भन्नाले मरुभुमी बीचको क्रितिम हरियली भन्ने बुझाँछ।  

No comments:

Popular Posts